५ आश्विन २०८१, शनिबार

‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी

प्रकाशित मिति :  9 March, 2021 12:02 pm


काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको छ ।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका विप्लवलाई १० जनाको सुरक्षाकर्मी खटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षाको व्यवस्था गरिएको पराजुलीले जानकारी दिए । भर्खरै शान्ति प्रकृयामा आएकाले सुरक्षा चुनौती हुनसक्ने भन्दै सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिए । सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस !