५ आश्विन २०८१, शनिबार

कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

प्रकाशित मिति :  9 March, 2021 12:29 pm


काठमाडौं । राष्ट्रियसभाकी सांसद कोमल वलीले विघटित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् ।

उनले पन्तविरुद्ध गालीबेइज्जतीको मुद्दा दायर गरेकी हुन् ।

पन्तले आफूविरुद्ध यौनिक हिंसाजन्य अभिव्यक्ति दिएको भन्दै ओलीले गालीबेइज्जती मुद्दा दायर गरेकी हुन् । पन्तले सार्वजनिक कार्यक्रममा वलीलाई ‘सारी सरक्क सर्काएर पिँडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

पन्तको अभिव्यक्तिको सार्वजनिक आलोचना भएको थियो । कानून व्यवसायीको परामर्शपछि ओलीले आज मुद्दा दायर गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !