६ आश्विन २०८१, आइतबार

एसइइ परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने

प्रकाशित मिति :  9 March, 2021 12:55 pm


काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै देशभर परीक्षा संचालन गर्ने निर्णय भएको थियो । यसअघि सरकारले गरेको निर्णय अनुसार परीक्षा बोर्डले परीक्षा सञ्चालनको निर्णय गरेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

गत बर्षको एईई परीक्षा कोरोना महामारीका कारण सम्बन्धित विद्यालयले नै गरेर नतिजा समेत विद्यालयबाटै पठाए अनुसार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !