४ आश्विन २०८१, शुक्रबार

बेलायतमा राजतन्त्र अन्त्य गर्नुपर्ने भन्दै अभियान किन तीव्र भयो ?

प्रकाशित मिति :  9 March, 2021 2:31 pm


काठमाडौं । बेलायमा राजतन्त्रलाई समाप्त पार्नुपर्ने अभियान समाजिक सञ्जालमा तीव्र बनेको छ ।

बेलायती राजकुमारसँग विवाह गरेकी अमेरिकी अभिनेत्री मेघान मर्केलले सार्वजनिक गरेको अभिव्यक्तिका कारण बेलायतको समाजिक सञ्जाल उपयोगकर्ताहरूले यस्तो अभिव्यक्तिलाई अभियानको रूपमा अगाडि बढाइरहेको देखिएको हो ।

समाजिक सञ्जाल उपयोगकर्ताहरूले ‘अबोलिस द मोनार्की’ह्यासटयाचबाट राजतन्त्र समाप्त पार्ने अभियान तीव्र पारिरहेका छन् ।

बेलायती राजकुमार ह्यारीकी पत्नी मर्केलसँग ओप्रा विनफ्रेले अन्तर्वार्ता लिएकी थिइन् । आइतबार सार्वजनिक भएको अन्तर्वार्ताले बेलायतको राजपरिवार विरूद्धको अभियानलाई चर्काइ दिएको छ ।

ह्यारीकी पत्नी मर्केलले राजपरिवारका सदस्यहरूबाट पीडित हुनुपरेको बताएकी छिन् । आफूलाई आत्मघात गर्ने सोचाइ आउँदा पनि मानसिक उपचारका लागि जान रोकिएको आरोप उनले लगाएकी छिन् ।

राजतन्त्र रहेसम्म बेलायत कहिल्यै पनि आधाुनिक प्रगतिशीलता नहुने एक विचारकले भनेका छन् ।

मर्केलको अभिव्यक्तिबाट राजपरिवारलाई पुगेको क्षति कम गर्न बेलायतको टेलिभिजनमा पियर्स मोर्गनले राजकुमार ह्यारीमाथि आरोप लगाएका छन् ।
उनले न्याय दुबै पक्षको कुरो सुनेपछि गर्नुपर्ने बताए ।

राजकुमार ह्यारीले पत्नीसँग सन् २०२० मा राजपरिवारबाट आफ्नो सम्बन्ध त्यागेर अमेरिकाको क्यालिफोर्नियामा बसाइ सारेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस !