६ आश्विन २०८१, आइतबार

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

प्रकाशित मिति :  9 March, 2021 8:37 pm


काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले ढुंगाना र मिश्रलाई नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गर्भनरको फागुन १८ गते कार्यकाल सकिएको थियो ।

डेपुटी गर्भनरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त भएको पदमा १७ जना कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा थिए ।

बहालवाला १७ जना कार्यकारी निर्देशकमध्ये डा. गुणाकर भट्ट, बमबहादुर मिश्र, डा. प्रकाशकुमार श्रेष्ठ, नीलम ढुंगानाको चर्चा थिए । त्यस्तै ऋषिकेश भट्ट, मुकुन्द क्षेत्री, भुवन कँडेल पनि प्रतिस्पर्धामा थिए ।



प्रतिक्रिया दिनुहोस !