५ आश्विन २०८१, शनिबार

शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

प्रकाशित मिति :  10 March, 2021 2:13 pm


फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा वर्तमान १४ सांसदको निधनप्रति गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरको हो ।

दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ॐकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी आजका लागि बोलाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते अपराह्न १ बजे बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !