६ आश्विन २०८१, आइतबार

नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच उपचार छुटसम्बन्धि सम्झौता

प्रकाशित मिति :  10 March, 2021 9:31 pm


काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बीच उपचार छुटसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरूले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरू तथा काठमाडौं बाहिरका शाखाहरूमा उपचार गराउंदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका बैंकले जनाएको छ ।

उक्त सम्झौताबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको   छ । हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।

हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !