६ आश्विन २०८१, आइतबार

देउखुरीमा यस्तो बन्दैछ लुम्बिनी प्रदेश सभा भवन, असार मसान्तसम्म तयार हुने

प्रकाशित मिति :  11 March, 2021 12:15 pm


दाङ । लुम्बिनी प्रदेशको प्रदेश सभा भवन निर्माणको प्रकृया अगाडी बढेको छ ।

भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले बोलपत्र आव्हान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाले यसै असार मसान्तभित्र भवन निर्माण सकिने जानकारी दिए । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयको कम्पाण्डभित्र भवन निर्माण गर्न लागिएको हो ।

प्रदेश ५ सभाले गते असोज २० गते प्रदेशको नाम र स्थायी राजधानी टुंगाएको थियो । प्रदेश सभा बैठकले स्थायी राजधानी राप्ती उपत्यकामा र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।

प्रस्ताव पारित अनुसार राप्ती उपत्यकामा रहेको गढवा, राप्ती गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई समेटेर प्रदेश राजधानी क्षेत्र तोकिएको   थियो ।

राजधानी तोकिएपछि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि गत माघ १६ गते प्रदेश पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको थियो । स्थायी राजधानी तोकिएपनि पूर्वधारको अभावमा अहिलेपनि बुटवलमै प्रदेश सरकार र प्रदेश सभाका कार्यसञ्चालन हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !