५ आश्विन २०८१, शनिबार

बाँकेमा विप्लव नेतृत्व नेकपाका कार्यकर्तालाई ३ वर्ष जेल सजाय र रु.१५ लाख जरिमाना गर्ने अदालतको फैसला

प्रकाशित मिति :  11 March, 2021 1:41 pm


बाँके । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्याकर्तालाई अदालतले ३ वर्ष १ महिनाको कैद सजाय तोकेको छ ।

सरकारसँग सहमति गरेर शान्तिपूर्ण रुपमा गतिविधि गर्ने प्रतिबद्धता जनाएको एक हप्ता नपुग्दै नेकपाका कार्यकर्तालाई संगठित अपराधको मुद्दामा दोषी ठहर गर्दै अदालतले जेल सजाय तोकेको हो ।

२०७५ साल बैशाखमा एनसेन टावरमा आगजनी गरेको आरोपमा बाँकेका नेकपा जिल्ला सदस्य प्रकाश आचार्य,तिलक गिरी, वीरबहादुर परिचयार र कालीबहादुर परियारमाथि १५ लाख रुपैयाँ विगोसहित संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।

न्यायाधीस दुर्गा व. भुसालको इजलासले हिजो गरेको फैसलामा ३ वर्ष १ महिनाको कैदसहित  १५ लाख रुपैयाँ विगो जरिमाना तिर्नुपर्ने फैसला समेत गरेको छ ।

सरकार र नेकपाबीच शान्तिपूर्ण बाटोबाट अगाडि बढ्ने,राजनैतिक मुद्दा छलफलबाट हल गर्ने र मुद्दा फिर्ता लिने सहमति भएपनि अदालतले जेल सजाय तोक्दै जरिवाना तिराउने फैसला गरेको हो ।



प्रतिक्रिया दिनुहोस !