६ आश्विन २०८१, आइतबार

दैलेखमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति :  11 March, 2021 2:05 pm


सुर्खेत । कालिकोटबाट सुर्खेत जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको जीप आठविस नगरपालिका–१ रामाघाटमा बस दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।  मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका-२१ वर्षीय कमल विक रहेका छन् ।

दुर्घटनामा १६ जना घाइते भएका छन्। दैलेख प्रहरीका अनुसार ५ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकाहरूको उद्धार गरी उपचार निम्ति अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !