५ आश्विन २०८१, शनिबार

बाम एकताको पक्षमा छु तर एमालेमा प्रवेश गर्ने हल्ला गलत हो : पूर्वसभामुख महरा

प्रकाशित मिति :  11 March, 2021 3:19 pm


काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले आफू एमाले प्रवेश गर्न लागेको हल्ला गलत भएको बताएका छन् ।

महरा एमालेमा प्रवेश गर्न लागेको भन्दै केही सञ्चार माध्यममा समाचार आएको भन्दै महराको सचिवालयले उक्त समाचारको खण्डन गरेको हो ।

महराका स्वकीय सचिव प्रमोद शर्माले महरा माओवादी केन्द्रमै रहने र एमालेमा प्रवेश गर्ने भन्ने हल्ला गलत भएको बताएका छन् । स्वकीय सचिव शर्माका अनुसार महरा बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको तर एमाले प्रवेशको हल्ला गलत हो ।



प्रतिक्रिया दिनुहोस !