५ आश्विन २०८१, शनिबार

रोल्पामा नेकपा (एमाले)को पार्टी कार्यालय पुनः सञ्चालनमा

प्रकाशित मिति :  11 March, 2021 5:31 pm


रोल्पा । रोल्पामा नेकपा (एमाले)को पार्टी कार्यालय पुनः सञ्चालनमा आएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट(नेकपा) खारेज गरेसँगै साविकका नेकपा एमाले र नेकपा(माओवादी) केन्द्र पूर्ववत रुपमा कृयाशील हुन सुरु गरेका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसलासँगै नेकपा एमाले र नेकपा(माओवादी) केन्द्र व्युँताइदिएपछि दुबै पार्टी सकृय छन् ।

फैसला लगत्तै जिल्लाभर नेकपा(एमाले) को बोर्ड राख्न सुरु गरिएको थियो । केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौंमा फागुन २५ गते नै नेकपा (एमाले)को बोर्ड राखिएको थियो । धुम्बाराही यसअघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय कार्यालय थियो ।

देशभर नेकपा एमालेको कार्यालय पुनःसञ्चालन गर्नेक्रममा रोल्पाको सदरमुकाम लिवाङ मा आज कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले पदभार गह्रण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !