६ आश्विन २०८१, आइतबार

नेपाल लिकर्सको नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा

प्रकाशित मिति :  12 March, 2021 12:24 pm


काठमाडौं । नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा ल्याएको छ ।  एक कार्यक्रमका बीच यसै हप्ता सार्वजनिक गरिएको सो ब्राण्डका ७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

यी ब्राण्डहरू क्रमसः रु. ९२०, ४६० र २३० बजार मूल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तराष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा ल्याएको बताए ।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरू उपभोक्ता माझ लोकप्रिय छन् ।

 



प्रतिक्रिया दिनुहोस !