५ आश्विन २०८१, शनिबार

एमालेमा बागमतीमा बादल र सुदूरपश्चिममा भट्टलाई इन्चार्जको जिम्मेवारी

प्रकाशित मिति :  12 March, 2021 5:45 pm


फाईल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा ‘बादल’सहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

केन्द्रीय समितिमा मनोनयन गर्दै बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । नेकपा(माओवादी केन्द्र)बाट आएका २२ जनालाई ओलीले नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन् ।

केन्द्रीय सदस्य हुनेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी,लेखराज भट्ट,मणिचन्द्र थापा,प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा रहेका छन् ।

त्यस्तै ज्वाला साह,टेकबहादुर बलामी,कमल जंग, मनोज थापा,विषमलाल अधिकारी, लिलाबहादुर थापा,दधिराम न्यौपाने, दिनेश पन्थी,नवीन रोका ,धर्मराज रेग्मी,डम्बर विष्ट,गौरीशंकर थारु,झपट बोहरा,दावा लामा, चन्द्रबहादुर खड्काले पनि केन्द्रीय समितिको जिम्मेवारी पाएका छन् । लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !