५ आश्विन २०८१, शनिबार

माधव नेपाल पक्षमाथि आक्रमक ओली : सबै नेताको जिम्मेवारी खोसियो

प्रकाशित मिति :  12 March, 2021 6:01 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई पेलेरै अगाडि बढेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले) भित्र फेरि अन्तरसंघर्ष देखिएको छ । ओलीले आज आफूपक्षीय केन्द्रीय सदस्यहरूको मात्रै बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेजपछि नेकपा माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा बादलसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

बैठकले नेपाल पक्षकी नेतृ अष्ठलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ भने सदुरपश्चिम प्रदेशमा भिम रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।

यस्तै ओलीले एमालेको विदेश विभाग प्रमुखमा माधव नेपालको ठाउँमा राजन भट्टराईलाई नियुक्त गरेका छन् । बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।



प्रतिक्रिया दिनुहोस !