६ आश्विन २०८१, आइतबार

वीरगञ्ज चेम्बर अफ कमर्स गठन

प्रकाशित मिति :  12 March, 2021 6:33 pm


काठमाडौं । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ ।

मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यावसायिक हकहीत तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीहरूलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सले ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए । “सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको हामी सारथी हौं”, अध्यक्ष श्रेष्ठले भने, “यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौं ।”



प्रतिक्रिया दिनुहोस !