५ आश्विन २०८१, शनिबार

अब ओलीसँग मिलेर जान सकिदैन : बामदेव गौतम

प्रकाशित मिति :  12 March, 2021 8:51 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीमा व्यापक हेरफेर गर्दै निर्णय गरेपछि नेता बामदेव गौतमले असन्तुष्टि जनाएका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित हुँदा एकताको पक्षमा अभियान नै चलाएका गौतमले अब ओलीसँग मिलेर जाने सम्भावना समाप्त भएको बताएका छन् ।

गौतमका सहयोग विश्वमणि सुवेदीले गौतमको धारणा उल्लेख गर्दै भनेका छन्,”केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना अब रहेन ।”

आज विशेष बैठक बोलाएर ओलीले माधव नेपाल पक्षका जिम्मेवारी खोसेका छन् । नेकपा(माओवादी) केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् भने बागमतीमा थापा र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि उनले एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने मत राखेका थिए ।

तर, ओलीले आज माधव नेपाल पक्षलाई थाहा नदिइ पार्टीको जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गरेपछि गौतमको यो  सार्वजनिक भएको हो ।

 



प्रतिक्रिया दिनुहोस !