६ आश्विन २०८१, आइतबार

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु,१० जना घाइते

प्रकाशित मिति :  13 March, 2021 10:07 am


काठमाडौं । मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।

हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक आज बिहान ३ बजेतिर ठोक्किएका मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन्। घाइते हुनेमा ट्रक चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी र हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर रहेका छन् ।

त्यस्तै बसमा रहेका भारत बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहारकै गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, भारत यूपीका ४५ वर्षीय यमुनाकुमार चौहान र धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !