५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीसँग सहकार्य नगर्ने जसपाको संकेत, माओवादी केन्द्रसँग संयुक्त सरकारका आधारबारे छलफल

प्रकाशित मिति :  13 March, 2021 12:40 pm


काठमाडौं । नेकपा(माओवादी) केन्द्र र जनता समाजवादी पार्टीबीच संयुक्त सरकार र त्यसका आधारबारे छलफल भएको छ ।

माओवादी केन्द्रको मुख्यालय पेरिशडाँडामा आज भएको छलफलमा दुईपार्टीबीच संयुक्त सरकार निर्माण र त्यसका आधारबारे छलफल भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्त सरकार निर्माणबारे सतही रुपमा छलफल भएपनि मुद्दागत हिसाबले बढी छलफल भएको बताए ।

उनले भने,“ तात्कालिक रुपमा संयुक्त सरकार बनाउने एजेण्डामा सतही रुपमा छलफल भएको भएपनि मूलतः दुईटा मुद्दामा छलफल हो भन्ने वार्ताका क्रममा एक अर्काले प्रष्ट पारेका छौं । संघीयत लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख गणतन्त्रलाई कसरी सुदृढ गर्ने ,त्यसलाई अझ कसरी प्रभावकारी ढंगले अगाडि बढाउने, हिजोका अपूर्णताहरुलाई कसरी पूर्णता दिने भन्ने हो । त्यसलाइ कमजोर पार्ने हरेक प्रकारका प्रवृत्तिलाई परास्त गर्नुपर्छ मुख्य संयुक्त सरकारको एजेण्डाको अर्थ यो हो ।”

जसपाले सांसद रेशम चौधरी, संविधान संसोधन लगाएका मुद्दा उठाउँदै आएको छ । यस विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । छलफलका क्रममा जनता समाजवादी पार्टीले ओली नेतृत्वको सरकारमा नजाने बताएको छ ।

नेकपा एमालेसँग छलफल गरिसकेको र सरकारी पक्षले वार्ता सकारात्मक भनिरहेको अवस्थामा जसपाले भने ओलीसँग सत्ता सहकार्य नगर्ने संकेत गरेको छ । छलफलबाट बाहिरिदै गर्दा नेता उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा सहभागि नहुने स्पष्ट पारे । उनले भने, “कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू, आजको बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो ।”

जसपा पछिल्लो समय सत्तासमिकरणका विषयमा सबै दलसँग छलफलमा सकृय छ । सरकार निर्माणका लागि निर्णाय कबनेको जसपाले हिजो मात्रै नेपाली कांग्रेससँग छलफल गरेको थियो । यसअघि नेकपा एमालेसँगपनि उसले छलफल गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !