५ आश्विन २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाले रोल्पाका दुई नेतालाई गर्‍यो कारबाही

प्रकाशित मिति :  13 March, 2021 2:21 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई जना रोल्पा जिल्ला सदस्यलाई निलम्बन गरेको छ ।

पार्टीको नीति विपरित काम गरेको भन्दै सन्दिप र पृथ्वीलाई कारबाही गरिएको राप्ती ब्युरोले जनाएको छ । राप्ती ब्युरो इन्चार्ज सुवासले विज्ञप्ति जारी गर्दै पार्टी विधान,नीति,विधि र अनुशासन विपरीत निरन्तर गतिविधि गरिरहेकाले कारबाही गरेको बताएका छन् ।

सुवासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी रोल्पा समिति सदस्यद्वय क.सन्दिप र क.पृथ्वीसँग धेरै मेहनत र प्रयास गरेर पार्टी नीति,निर्णय,विधि र पद्धति साथै पार्टी र क्रान्तिका विषयहरुमा जनवादी केन्द्रीयताको विधि र प्रकृयामा रहेर समस्या समाधान गर्ने पार्टीको तर्फबाट हदैसम्मको लचकतामा जाँदापनि छलफल,भेटघाट,बैठक बहिष्कारदेखि पाटीृ विधान,नीति,विधि र अनुशासन विपरीत निरन्तर गतिविधि गरिरहेकाले उहाँहरु दुबैजनालाई रोल्पा जिल्ला र पाटीृ सदस्यबाट निलम्बन गरिएको जानकारी गरिन्छ ।”



प्रतिक्रिया दिनुहोस !