५ आश्विन २०८१, शनिबार

बादलले सम्हाले औपचारिक रुपमा नेकपा एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी

प्रकाशित मिति :  13 March, 2021 3:29 pm


काठमाडौं । रामबहादुर थापा बादलले औपचारिक रुपमा नेकपा एमालेको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी सम्हालेका छन् ।

हिजो मात्रै केन्द्रीय सदस्यमा मानोनितसँग बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका बादलले आज च्यासलस्थिति बागमती प्रदेशको कार्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रदेश इन्चार्ज बादललाई अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताले स्वागत गरेका थिए । बादलले पदभार ग्रहण गर्ने कार्यक्रममा संगठन विभाग प्रमुख बिष्णु पौडेलसमेत प्रदेश कार्यालयमा पुगेका थिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि बादल ओलीकै साथमा रहेका थिए ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताईदिएपनि बादल नेकपा एमालेमै रहे ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । २३ जन मध्य बादललाई बागमती प्रदेशको इन्चार्ज र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !