५ आश्विन २०८१, शनिबार

नेकपा एमाले खनाल–नेपाल पक्षले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

प्रकाशित मिति :  13 March, 2021 4:14 pm


काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै अस्वीकार्य भएको बताएको छ ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताए ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो आफूपक्षीय केन्द्रीय समितिको बैठक बोलाएर नेपाल खनाल पक्षीय नेताको जिम्मेवारी खोजेका थिए । अध्यक्ष ओलीको निर्णयपछि नेपाल खनाल पक्ष आक्रमक देखिएको हो । आजैको बैठकले समानान्तर संरचना समेत निर्माण गरेको छ ।



प्रतिक्रिया दिनुहोस !