५ आश्विन २०८१, शनिबार

नेकपा(माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु

प्रकाशित मिति :  14 March, 2021 12:03 pm


काठमाडौं ।  नेकपा(माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते माओवादी केन्द्र ब्युँताइदिएपछिको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । पेरिसडाँडामा सुरु भएको बैठकले आगामी रणनीतिबारे तय गर्ने छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गरेपछि माओवादी केन्द्र नै कृयाशील भएको छ ।

बैठकले नेकपा एमालेमै रहेका गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी,लेखराज भट्ट लगायतका विषयमा छलफल र निर्णय गर्ने एक नेताले जानकारी दिए ।

एमालेमै रहेका नेतालाई हिजोको स्थायी कमिटी बैठकले २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन र आफ्नो अवस्था स्पष्ट पार्न निर्देशन दिएको थियो । यद्यपी निर्देशन अनुसार कसैले पनि स्पष्टिकरण बुझाएका छैनन् । स्पष्टिकरण नआएपछि कारबाहीको तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !