१० कार्तिक २०८१, शनिबार

शीर्ष स्थानको एट्लेटिको गेटाफेसँग बराबरीमा रोकियो

प्रकाशित मिति :  14 March, 2021 12:26 pm


ऐजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति गेटाफेको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

गेटाफेको मैदानमा पाएको सुर्वण अवसरको सदुपयोग गर्न नसक्दा एट्लेटिको गोलरहित बरावरीमा रोकिएको हो । खेलको ३९औं मिनेटमा कारास्कोले गरेको प्रहारलाई गेटाफेका गोलरक्षक सोरियाले उत्कृष्ट बचाउ गरेका थिए । त्यस्तै खेलको ५७ औँ मिनेटमा पनि सोरियाले उत्कृष्ट बचाउ गर्दा एट्लेटिको अग्रता लिनबाट चुकेको हो ।

यता गोटाफेले भने गोल गर्ने अवसरको सदुपयो गर्न सकेन् । खेलको पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोटाफेका माक्सिमोभिकले अवसरको सदुपयोग गर्न नसक्दा गेटाफे अग्रता लिनबाट चुक्यो ।

बल पोसेसन र समग्रमा पकड जमाएपनि एट्लेटिको घरेलु टोली गोटाफेको मैदानमा बराबरीमा रोकियो।

 



प्रतिक्रिया दिनुहोस !