५ आश्विन २०८१, शनिबार

नेकपा (माओवादी केन्द्र)को नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिमा

प्रकाशित मिति :  14 March, 2021 1:27 pm


काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम परिवर्तनका लागि केन्द्रीय समितिमा प्रस्ताव पेश गरेको छ ।

जारी बैठकमा माओवादी केन्द्रको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी प्रस्ताव गरिएको एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गरेर नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्रलाई व्युँताइदिएको थियो ।

नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि बसेको पहिलो केन्द्रीय समितिमै नाम परिवर्तनको प्रस्ताव गरिएको हो । तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गर्दा मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद मान्ने सहमति भएको थियो ।

नाम फेरेपछि नेकपा एमालेको माधव नेपाल पक्ष र अन्य दलसँग एकता गर्न सकिने माओवादी केन्द्रको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस !