६ आश्विन २०८१, आइतबार

बम विस्फोट भएको स्थानमा ‘गोइत’ समुहको पर्चा भेटियो

प्रकाशित मिति :  14 March, 2021 1:42 pm


काठमाडौं । सिराहको लहान स्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको ठाउँमा जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ। उक्त पर्चा भटिएसँगै बम बिस्फोटमा गोइत समुहकै संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।

आइतबार दिउँसो कुकर बम विस्फोटमा परी ७ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भिर  भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । घटना कसले किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !