१० कार्तिक २०८१, शनिबार

सी डिभिजन लिग आजदेखि सुरु

प्रकाशित मिति :  14 March, 2021 2:09 pm


काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजबाट सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट एन्फा कम्प्लेक्समा सी डिभिजन लिग फुटबल आजदेखि सुरु भएको छ ।

गत सालमा हुनुपर्ने सी डिभिजन लिग कोरोना महामारीको कारण तोकिएको समयभन्दा झण्डै एक वर्ष पछि आयोजना हुन लागेको हो ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले  कूल ५२ खेल खेल्नेछन् । खेलका उत्कृष्ट ३ टोली बी डिभिजनमा बढुवा हुनेछन् भने यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।

लिगको पहिलो दिन आज दुई खेलहरु हुदै छन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा भइरहेको छ। दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । ओसिस र चर्चबीचको खेल साढे ३ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !