४ आश्विन २०८१, शुक्रबार

भारतमा बैंक कर्मचारीको हडताल

प्रकाशित मिति :  14 March, 2021 2:43 pm


काठमाडौ ।भारतमा बैंक कर्मचारीहरूको संगठन बैंक युनियनले आह्वान गरेको दुई दिने हडताललाई त्यहाँका केन्द्रीय ट्रेड युनियनहरूले समर्थन जनाएका छन् ।

१५ र १६ मार्च दुई दिने हडतालको आह्वान बैंक युनियनले गरेको छ । यसबाट यी बैंकहरूको कामकाजमा असर पर्ने देखिएको छ ।

सोमबारदेखि शुरू हुने दुई दिने बैंक कर्मचारीहरूको हडताललाई समर्थन जनाउने ट्रेड युनियनहरूले बुधबार जीवन बिमा क्षेत्रका कामदारहरूले गर्ने हडताललाई पनि समर्थन गर्ने भएका छन् ।

यसका साथै ट्रेड युनियनहरूले मार्च २४देखि २६सम्म मजदुर किसानहरूको अधिकार विरूद्धका नीति विरूद्ध अभियान सञ्चालन गर्ने भएका छन् ।

संयुक्त किसान मोर्चाले बैंक र बिमाका कर्मचारीहरूले गर्ने हडतालको समर्थन गर्ने यो समूहमा १० केन्द्रीय ट्रेड युनियनहरू रहेका छन ।

अल इन्डिया ट्रेड युनियन कांग्रेसका महासचिव अमरजीत कौरले राष्ट्रिय सम्पत्तिको निजीकरणले निम्त्याउन एकाधिकारवादको विरोधको दिवसको रूपमा यो हडताल मजदुर किसानको समर्थनमा स्थापित हुने बताएका छन् ।

यो हडतालका बारेमा बैंकहरूले बैंकको सेवा दिन आवश्यक प्रवन्ध मिलाइएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !