साताको पहिलो दिन ५१ अंकले घट्यो नेप्से
प्रकाशित मिति : 14 March, 2021 3:47 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से) साताको कारोबारको पहिलो दिन पनि भारी अंकले ओरालो लागेको छ ।
आइतबार कारोबारको प्रि ओपन सेसनमा ७.७५ अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुनेबेलामा भने ५१.२३ अंकले घटेर २४०७.२५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १०.१० अंकले घटेर ४३५.१३ अंकमा पुगेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ११ वटा कम्पनीको सेयर घटेको छ ।
आज सबैभन्दा धेरै अपर तामाकोशी सर्वाधिक कारोबार गर्न सफल भएको छ भने निफ्रा, नबिल बैंकको सेयर पनि सर्वाधिक कारोबार भएको छ ।
कूल २ सय ११ वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।