४ आश्विन २०८१, शुक्रबार

अमेरिकी रक्षामन्त्री एसियाको भ्रमणमा आउँदै

प्रकाशित मिति :  14 March, 2021 4:31 pm


काठमाडौ ।अमेरिकी रक्षामन्त्री ल्योड अस्टिनले आफूले एसियाको भ्रमणमा जान लागेको बताएका छन् ।

चीन विरूद्ध विश्वसनीय प्रतिरोध गर्न सक्ने गरी अमेरिकाका सहयोगी देशहरूसँगको सैन्य सहयोग बलियो पार्नआफूले यो भ्रमण गर्न लागेको बताए ।

इन्डो प्यासिफिक क्षेत्रका लागि अमेरिकी सैन्य कमान्ड सुदृढ गर्न ह्वाइ भएर रक्षामन्त्री भएयता अस्टिनले यो पहिलो विदेश भ्रमणमा निस्कन लागेका हुन् ।

आफ्नो पहिलो विदेश भ्रमणको क्रममा टोकियो, नयाँ दिल्ली र सोलको भ्रमणमा निस्कन लागेका अस्टिनले यो भ्रमण अमेरिकी गठबन्धन र साझेदारीको विषयमा हुने बताए । मध्यपूर्वको संघर्ष , चीनले विकास गरिरहेको उच्च गतिको सेनालाई अमेरिकाले विशेष ध्यान दिएर सक्षमता अभिवृद्धि गर्ने विषयमा अमेरिकाले ध्यान दिइरहेको उनले जनाए ।

चीनको उदयलाई सन्तुलन गर्न हालै सम्पन्न भएको चार देशको समूह क्वाडको शिखर सम्मेलन लगत्तै अमेरिकी रक्षामान्त्रीको एसिया भ्रमणले कुटनीति र रक्षाको विषयलाई अमेरिकाले प्रमुखरूपमा एसियालाई ध्यान दिएको संकेत गरेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आफ्ना चिनियाँ समकक्षी वाङ यी र याङ जिचीसँग अलास्कामा भेटवार्ता गर्ने भएका छन् ।

चिनियाँ विदेशमन्त्री याङले ब्लिन्केनसँग पहिलो पटक भेटवार्ता गर्ने भएका छन् । यस अघि याङले ब्लिन्केनका पूर्ववर्ती माइक पोम्पेइसँग गत जुनमा हवाइमा भेटेका थिए ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध कठोर नीति लिएयता दुई देशबीचको सम्बन्ध बिग्रिएको हो । राष्ट्रपति जो बाइडनको प्रशासनले पनि ट्रम्पको कठोर नीतिलाई निरन्तरता दिने देखिएको बेला अमेरिका र चिनियाँ विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारबीच हुन लागेको दुई पक्षीय भेटलाई महत्वपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस !