१० मंसिर २०८१, सोमबार

प्रदेश १ को प्रदेशसभा बैठक सुचना टाँसेर स्थगित

प्रकाशित मिति :  14 March, 2021 5:42 pm


मोरङ। प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।



प्रतिक्रिया दिनुहोस !