५ आश्विन २०८१, शनिबार

ओलीको निर्णय विरुद्व नेपाल-खनाल पक्षद्वारा निर्वाचन आयोगमा उजुरी

प्रकाशित मिति :  14 March, 2021 6:56 pm


काठमाडौं । नेकपा (एमाले) नेपाल–खनाल पक्षले निर्वाचन आयोगमा उजुरी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय रोक्न माग गर्दै नेपाल–खनाल पक्षले निर्वाचन आयोगमा उजुरी गरेको हो ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार आफू पक्षीय केन्द्रीय समितिको बैठक राखेर नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेका थिए । आलीको उक्त निर्णय रोक्न माग गर्दै नेपाल–खनाल पक्ष निर्वाचन आयोगमा पुगेको हो ।

आयोगलाई बुझाइएको पत्रमा ओली पक्षले गरेको निर्णयलाई वैधानिकता नदिने माग गरिएको छ । पत्रमा नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर गरेका छन् । ओलीको निर्णय पार्टी विधान विपरित भएको दाबी गरिएको छ ।

सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गर्दै नेकपा एमालेलाई समेत व्युँताइदिएको थियो । नेकपा हुँदा प्रचण्डसँग रहेका नेपाल खनाल पक्षविरुद्ध ओली आक्रमकदेखिएका छन् । ओलीको गतिविधि विरुद्ध नेपाल खनाल पक्षलेपनि समानन्तर गतिविधि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !