६ आश्विन २०८१, आइतबार

नाडाद्वारा ताप्लेजुङको दोभानका आगलागी पीडितहरूलाई आर्थिक सहयोग

प्रकाशित मिति :  14 March, 2021 8:06 pm


काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसियसन( नाडा)ले ताप्लेजुङको दोभानमा भएको आगलागी पिडितहरुका लागि २ लाख १ हजार रुपियाँ सहयोग गरेको छ ।

अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले आज भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्तकुमार नेम्बाङ्गलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नाडाका अध्यक्ष दुलालले ताप्लेजुङको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरुसंग रकम संकलन गरी जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ्गको नामको चेक मन्त्री नेम्वाङलाई हस्तान्तरण गरेका हुन् ।

चेक बुझ्दै मन्त्री नेम्बाङले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोग प्रति धन्यवाद दिए । कार्यक्रममा नाडाका अध्यक्ष दुलाल लगायत उपाध्यक्षद्धय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेति लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !