५ आश्विन २०८१, शनिबार

एमालेमा किचलो : बामदेव गौतमले बोलाए छुट्टै बैठक

प्रकाशित मिति :  15 March, 2021 11:26 am


काठमाडौं । पार्टी एकता अभियानमा लागेका नेकपा(एमाले)का नेता बामदेव गौतमले छुट्टै बैठक बोलाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि गौतम कतै लागेका थिएनन् । पार्टी एकताका लागि भन्दै राष्ट्रिय अभियान सुरु गरेका थिए । तर सर्वोच्च अदालतले नेकपा(एमाले) व्युँताइदिएपछिपनि गौतम कतै गएका छैनन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भोलीका लागि बैठक बोलाएका छन् । सुवेदीका अनुसार भोलि (मंगलबार) बिहान ११ बजे बल्खु (सिद्धिगणेश पार्टी प्यालेस) मा अभियानको बैठक बस्ने छ ।

अध्यक्ष ओलीले महासचिवबाहेक सबै पद खारेजलगायत एकलौटी निर्णय गरेपछि गौतम थप असन्तुष्ट छन् ।



प्रतिक्रिया दिनुहोस !