१२ मंसिर २०८१, बुधबार

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे कोरोनाविरुद्धको खोप लगाउने

प्रकाशित मिति :  15 March, 2021 11:42 am


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छिन् ।

भण्डारीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले फागुन २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यहि चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना रहेको छ ।

नेपालमा अहिलेसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !