५ आश्विन २०८१, शनिबार

नेकपा एमालेका अध्यक्ष ओली र नेपाल पक्षका नेताबीच छलफल

प्रकाशित मिति :  15 March, 2021 11:52 am


काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा छलफल सुरु भएको हो । छलफलमा ओलीसहित महासचिव इश्वर पोख्रेल,विष्णुप्रसाद पौडेल,प्रदीप ज्ञवाली लगायतका नेता छन् भने नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल लगायतका नेता सहभागि छन् ।

सर्वोच्च अदालतले नेकपा(एमाले) व्युँताइदिएपछि नेकपा एमालेभित्र विवाद देखिएको छ । अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको भन्दै माधव नेपाल पक्षले पनि समानान्तर गतिवधि अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस !