६ आश्विन २०८१, आइतबार

ग्रीन लाइफको सेयर भोलिदेखी दोस्रो बजारमा कारोबार

प्रकाशित मिति :  15 March, 2021 2:11 pm


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर आइपीओ सुचिकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीको १ करोड ८० लाख कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेले उक्त सेयरलाई पहिलो कारोबारको लागि ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको छ । नेप्सेमा सुचिकृत भएसँगै ग्रीनलाइफको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीले गत माघ २३ गते देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !