६ आश्विन २०८१, आइतबार

नेप्सेको आरालो यात्रा जारी, लगानीकर्ता पर्ख र हेरको स्थितीमा

प्रकाशित मिति :  15 March, 2021 4:07 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज पनि ओरालो यात्रा जारी राखेको छ । लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहँदा बजार निरन्तर ओरालो लागेको सेयर विश्लेषकहरु बताउँछन् ।

एकतर्फ यो सिजन भनेको सेयरबजारमा अफ सिजन मानिने हुनाले यसै पनि सेयर प्रभावित हुने विज्ञहरु बताउँछन् । सोमबार नेप्से परिसूचक १८ं०७ अंकले घटेर २३८९.१९ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ५.०७ अंकले घटेर ४३०.०६ अंकमा झरेको छ ।

नेप्सेमा आज कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ, भने बाँकी ८ वटा कम्पनीको राताम्ये भएको छ । नेप्सेमा आजको कारोबारका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको अग्रस्थानमा रहेको छ । बैंकले ४६ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कूल २ सय १२ वटा कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !