१० कार्तिक २०८१, शनिबार

तेस्रो आइएमई टेनिस प्रतियोगिता चैत १७ देखि

प्रकाशित मिति :  15 March, 2021 7:47 pm


काठमाडौै । आइएमई ग्रुपको आयोजनामा तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ हुने भएको छ ।

चैत १७ गतेदेखि २२ गतेसम्म काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा जुनियर ओपन टेनिस प्रतियोगिता हुने आयोजक आइएमई ग्रुपले जानकारी दिएको छ । प्रतियोगितामा यू ८, यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । आइएमई फाउन्डेसनको वेभ साइटमा पनि आवेदन फारम उपलब्ध छ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरेको आइएमई फाउन्डेसनले जनाएको छ ।

गत वर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !