६ आश्विन २०८१, आइतबार

ग्रीन लाइफको सेयर कारोबारको सुरुवातमै सकरात्मक सर्किट

प्रकाशित मिति :  16 March, 2021 12:24 pm


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । मंगलबार दोस्रो बजारमा पहिलो कारोबार सुरु भएको केही बेरमै सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

नेप्सेले कम्पनीको उक्त आइपीओलाई ओपनिङ्ग रेन्ज ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँसम्म प्रदान गरिएको थियो । आज २९९ रुपैयाँबाट पहिलो कारोबार सुरु भएको कम्पनीको सेयर मुल्य २९ रुपैयाँले बढेर ३२८ रुपैयाँमा पोजेटिभ सर्किट लागेको छ ।

टिएमएसमा कम्पनीको सेयरको माग उच्च देखिएको छ । कम्पनीको करिब लगभग ४ लाख कित्ता सेयरको माग हुदाँ बिक्रेता भने कोही देखिएका छैनन् ।

कम्पनीले गत माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो।



प्रतिक्रिया दिनुहोस !