५ आश्विन २०८१, शनिबार

अध्यक्ष ओलीको चियापान माधव नेपाल र बामदेव गौतमपक्षद्वारा बाहिष्कार

प्रकाशित मिति :  16 March, 2021 1:19 pm


काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम माधव नेपाल पक्षले बाहिष्कार गरेको छ ।

अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना आयोजना गरेको चियापन नेपाल पक्षले बहिस्कार गरेको हो ।

नेपाल पक्ष चियापानमा नगएपछि ओलीले भने,“एकथरिको अनुहार आज देखिएन आज, यो राम्रो लक्षण होइन, कुनै कारणले आउनुभएन होला भन्ने ठान्छु म । उनले नेपाल पक्षमाथि व्यंग गर्दै भने हुन त उहाँहरु कसको निमन्त्रणमा जानु हुन्छ सबैलाई थाहा छ तर त्यता नजाउँ ।”

ओलीले भोलीको राष्ट्रिय भेला रोक्न चेतावनी समेत दिए । उनले नेपाल पक्षको भेलालाई तमासाको संख्या दिँदै भेला गरे कारवाहीको संकेत समेत गरेका छन् ।

उनले भने,“भोलीको भेला गनुृहुन्छ कि गर्नुहुन्न ? कति तमासा गर्नुहुन्छ ? एक नजर त्यता राखिने छ । पार्टीलाई धम्काएर घुर्काएर ठेगान लगाउँछु भन्ने लाग्छ भने पार्टी विधि विधान अनुसार अगाडी बढ्छ ।”

आफू अहंकारी र उदण्ड पनि नबन्ने तर लचार भएरपनि नबस्ने ओलीले चेतावनी दिए । नेपाल पक्षले भोली राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । अर्का नेता बामदेव गौतम पक्षले नेपाल कम्युनिष्ट पार्टी(एमाले) राष्ट्रिय एकता अभियानको नाममा बल्ुखमा छुट्टै बैठक सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !