५ आश्विन २०८१, शनिबार

सभापतिको मौनता रहस्यमय – वरिष्ठ नेता पौडेल

प्रकाशित मिति :  16 March, 2021 2:24 pm


काठमाडौ ३ चैत ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको वर्तमान राजनीतिक परिवेशमा पार्टी सभापति शेरबहादुर देउवाको मौनता रहस्यमय भएको बताउनु भएको छ । उहाँले प्रमुख प्रतिपक्षी दलका सभापतिले सरकार संकटमा हुँदा मौन बस्‍न नहुने बताउनु भएको छ । प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा पौडेलले नेपाली कांग्रेसुका सभापतिको अहिलेको उदासिनता रहस्यमय लागेको बताउनु भएको हो ।

अहिलेको अवस्थामा कांग्रेसले देशको राजनीतिमा आफ्नो भूमिका देखाउन सक्नुपर्ने नेता पौडेलले बताउनु भयो । नेपाली कांग्रेस ढुलमुलकोअवस्थामा रहनु नहुने उहाँको धारणा छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश १ र बागमती सरकार ढालिदिन सभापति देउवासँग आग्रह गरेको उहाँले बताउनु भयो। जनता समाजवादीको साथ पाउन ओलीले दिएका आश्वासन कांग्रेसले पनि दिनसक्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा विदेशी शक्तिले खेल खेलिरहँदा देशको राजनीति आफ्नै हातमा राख्न सक्नुपर्ने उहाँले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस !