६ आश्विन २०८१, आइतबार

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको सरुवा

प्रकाशित मिति :  16 March, 2021 3:40 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको सरुवा भएको छ ।

दुई कार्यकारी निर्देशक नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र डेपुटी गभर्नर भएपछि सबैजसो कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको हो ।

राष्ट्र ऋण व्यवस्थापन विभागमा बैंकिङ्ग विभागका नरेश शाक्य र विदेशी विनिमय विभागमा जनशक्ति व्यवस्थापन विभागका रामु पौडेललाई जिम्मेवारी दिइएको छ ।
अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंक सुपरिवेक्षण विभागको जिम्मा पाएका छन् भने अर्थ मन्त्रालयमा काजमा रहेका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठलाई अनुसन्धान विभागमा लागिएको छ । श्रेष्ठ अहिले अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारका रुपमा अर्थमन्त्रालयमा काजमा छन् ।

श्रेष्ठ अर्थ मन्त्रालयमा रहेकाले रामशरण खरेलले अनुसन्धान विभागको कायममुकाय प्रमुखको अवसर पाएका छन् । उनी पूर्व अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाइँ हुन् ।

मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सुरुवा गरिएको छ । त्यस्तै विकास बैंक सुपरिवेक्षण विभागका ऋषिकेश भट्ट सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख बनेका छन् । वित्त व्यवस्थापन विभागका प्रदीपराज पौडेल विकास बैंक सुपरिवेक्षण विभागमा पठाइएको छ ।

रामबहादुर मानन्धर बैंकिङ्ग विभाग तथा दयाराम शर्मा पङ्गेनीसंस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमनकुमार अधिकारी सुपरिवेक्षण विभागमा गएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !