३ आश्विन २०८१, बिहिबार

भेडे खुुर्सानीका सात फाइदा

प्रकाशित मिति :  16 March, 2021 4:38 pm


काठमाडौ । भेडे खुर्सानीको सेवनले शरीरका सात समस्या समााधान गर्न सक्ने विज्ञहरूको बुझाइ रहेको छ । भारतमा शिमला मिर्चको रूपमा चिनिएको तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ ।

तर यसलाई आहारको रूपमा वा तरकारीको रूपमा राम्ररी उपयोग गरिए यसले मानिसको स्वास्थ्यमा ठूलो फरक पार्न सक्छ । यसको उपयोग दैनिकरूपमा गरिए यो शरीरको स्वास्थ्य प्रणालीलाई ठूलो सहयोग गर्छ ।

विशेषज्ञहरूका अनुसार विभिन्न रङ्गमा पाइने भेडेखुर्सानीमा धेरै किसिमका भिटामिन र खनिज पदार्थ पाउने गरिन्छ । तिनले सुस्वास्थ्यलाई चाहिने पोषक तत्व प्रदान गर्छ । साथै यसले स्वास्थ्यमा आउन सक्ने समस्याको रोकथाम पनि गर्छ ।

भेडे खुर्सानीले छालालाई युवाको जस्तो चमक कायम राख्न मद्दत गर्छ ।

शरीरमा फलाम तत्व आइरनको आवश्यकताबारे भनिरहनु पर्ने विषय होइन । पहिलो फाइदाको रूपमा यसको सेवनले आइरनको कमी हटाउन सहयोग गर्छ ।
शरीरलाई चाहिने आइरन तत्वको राम्रो स्रोत भेडे खुर्सानी हो ।

भिटामिन सी प्रचुर मात्रा हुन्छ । आइरनको कमीबाट हुने रक्त अल्पता वा एनिमिया रोगको रोकथाम गर्छ । महिलामा हुने कमजोरी र थकानको समस्या, श्वास सम्बन्धी समस्याका लागि भेडेखुर्सानी उपयोग साबित भएको छ ।

भेडेखुर्सानीको उपयोग मासु वा पालकका साथ खाँदा बढी फाइदाजनक हुन्छ ।

विभिन्न फाइदाहरूमा दोस्रो फाइदा यसले आँखालाई स्वस्थ्य राख्न सहयोग हुन्छ । यसमा पाइने भिटामिन ए र क्यरोटेनाइडसलेका अधिक मात्राले र यसमा पाइने ल्युटिन र ज्याक्सेथिनले आँखालाई स्वस्थ्य राख्न उपयोगी हुने विज्ञहरूको बुझाइ रहेको छ ।

रेटिनालाई अक्सिडेटिभको क्षतिबाट जोगाउँछ । उमेर अनुास आँखाका रोगहरू मोतीबिन्दु र अन्धोपनाको जोखिम पनि कम गराउँछ ।
छालामा हुने क्षति समाधान गर्ने भेडेखुर्सानीले गर्ने तेस्रो काम हो ।

कोलेजन उत्पादनका लागि भिटामिन सीको भूमिका महत्वपूर्ण हुन्छ । यसले छालालाई तरूणको जस्तो चहकिलो राख्न सहयोग पु¥याउँछ । साथै छालामा हुने घाउ छिट्टो पुर्न सहयोगी हुन्छ ।

भेडेखुर्सानीको चौथो महत्वपूर्ण काम मुटुको आघात रोक्न क्यारोटिनाइड उपलबध गराउँछ । यसले रक्तचापलाई नियन्त्रि गर्न र कोलस्ट्रोलकाो स्तर निययन्त्रण राख्न मुटुलाई सहयोग गर्छ ।

भेडेखुर्सानीको पाँचौ काम भेरिकोज भेन्स निर्माण रोक्न सघाउँछ । यसमा क्याप्सिकमका साथै एन्टिअक्सिडेन्ट, एनिटमुटाजेनिक, एन्टिक्यानसर र इम्युनो सप्रेसिभ गुण विद्यमान हुनछ । भेडेखुर्सानीको नियमित उपभोगले भ्यारिकोजको निर्माण रोक्न सहयोग गर्छ ।

भेडेखुर्सानीको नियमित उपभोगले छैटौं फाइदा शरीरको हाड सञ्जालका लागि हुन्छ । सामान्य भेडेखुर्सानीमा म्यानिज उपलब्ध हुन्छ । यसले दैनिरूपमा ६ प्रतिशत म्याग्जिन शरीरलाई प्राप्त हुन्छ ।यो जिंक र कपर तत्वसँग म्याग्जिनको आवश्यकता हाडलाई हुन्छ ।

यसका अतिरिक्त भिटामिन सी र केमा एन्टिफ्लेमटरी गुन हुन्छ । यसले बाथरोगको रूपमा चिनिएको अस्टियोपोरोसिसको रोकथाममा सहयोग गर्छ ।
भेडेखुर्सानीको सातौं फाइदा पेट प्रणाली स्वस्थ्य राख्न हो । पेट स्वास्थ्य राख्न पेटसम्बन्धी विकार रोक्न रेशायुक्त वस्तु फाइबर आवश्यक हुन्छ । यो फाइबरको राम्रो स्रोत हो ।

यसमा पाइने फाइबर, यसमा भएको ९० प्रतिशत पानीले वजन कम गर्न सहयोग गर्छ ।



प्रतिक्रिया दिनुहोस !