५ आश्विन २०८१, शनिबार

कांग्रेस र जसपासँग मिलेर चैत ५ गतेपछि नयाँ सरकार बन्छ : नेता पुन

प्रकाशित मिति :  16 March, 2021 5:12 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

माओवादी केन्द्र संसदीय दलको बैठकपछि आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका हुन् ।

नेता पुनले भने,“५ गते जसपाको बैठक छ । त्यो बैठकपछि यो सत्ता समिकरणले मुर्त रुप लिन्छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस बीचमा गठवन्धन बन्छ ।”

प्रधानमन्त्रीले चालेको असंवैधानिकका विरुद्ध एक ठाउँमा भएको र समान धारणा भएकालेपनि गठवन्धन बन्नु स्वभाविक भएको नेता पुनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !