४ आश्विन २०८१, शुक्रबार

बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति अस्पतालबाट फर्किए

प्रकाशित मिति :  16 March, 2021 5:33 pm


काठमाडौ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिप लन्डनका एक अस्पतालमा उपचार गरी फर्केका छन् ।

९९ वर्षीय फिलिपलाई गत फेब्रुअरी १६मा किङ्ग एडवार्ड सातौं अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मुटुमा संक्रमण भएकाले अस्पतालमा भर्ना गराइएको थियो । मुटुको विशिष्ट हेरचाहकालागि केही दिन त्यहाँबाट सेन्ट बार्थोलोमुमा राखिएको थियो ।

केही दिनको बसाइ पछि किङ्ग एडवार्ड सातौंमा फेरि फर्काइएको थियो ।

अस्पतालको ढोकामा फोटो पत्रकारहरू उभिए पनि यसविषयमा कुनै प्रतिक्रिया बकिंघम दरबारले जनाएको छैन् ।

उनलाई कोरोना लागेको भन्ने विश्वास गरिएको छैन् । राजदम्पत्तिले जनवरीमा कोभिड–१९को खोप लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !