५ आश्विन २०८१, शनिबार

विवेकशील साझा पार्टीले टुंगायो प्रदेश संयोजकको नाम,प्रदेश २ मा मिश्र

प्रकाशित मिति :  16 March, 2021 5:37 pm


काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश संयोजकको नाम टुंगाएको छ । विवेकशील साझालेअन्तराष्ट्रिय सद्भाव समूह/प्रवास समिति र ७ प्रदेशको संयोजक टुंगाएको हो ।

सचिवालय स्रोतका अनुसार प्रदेश १ मा महेन्द्र थापा, प्रदेश २ मा अनिमेशकुमार मिश्र,बागमती प्रदेशमा रञ्जु दर्शना, गण्डकी प्रदेशमा महेश भण्डारी, लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमालले संयोजकको जिम्मेवारी पाएका छन् ।

त्यस्तै अन्तराष्ट्रिय सद्भाव समूह/प्रवास समितिमा सुरेश भट्टले जिम्मेवारी पाएका छन् । फागुन २७ गते बसेको केन्द्रीय सचिवालयले टुंगाएको नाम भोली बस्ने केन्द्रीय समितिले अनुमोदन गर्ने सचिवालय स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !