६ आश्विन २०८१, आइतबार

फुडमाण्डुबाट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

प्रकाशित मिति :  16 March, 2021 5:51 pm


काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे‘ र फूडमाण्डुवीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।

फुडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौतापछि अबदेखि आइएमई पेको भुक्तानी सेवा फुडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई पे’को भुक्तानी सेवा संगै २५% क्यास ब्याकको योजना पनि शुरु भएको बताए । उनले आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको उल्लेख गरे ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !