६ आश्विन २०८१, आइतबार

उपराष्ट्रपति पुनले लगाए कोरोना विरुद्वको खोप

प्रकाशित मिति :  16 March, 2021 6:28 pm


काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले कोरोना भाइरसको खोप लगाएका छन् ।

उनले आज दिउँसो वीर अस्पतालमा पुगेर खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागको आग्रहमा उपराष्ट्रपति पुनले खोप लगाएका उनको सचिवालयले जनाएको छ ।

खोप लगाएपछि उपराष्ट्रपति पुनले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !