६ आश्विन २०८१, आइतबार

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु,७ जना घाइते

प्रकाशित मिति :  16 March, 2021 6:46 pm


काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

दुर्घटनामा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको लामाले जानकारी दिए ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो ।



प्रतिक्रिया दिनुहोस !